धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन प्रक्रिया अघि बढेसंगै बुधबार अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका हुन । अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटि सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट, वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।

उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ,चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ । एमाले कैलालीमा सहमतीको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयासले सार्थकता नपाएपछि मतदानको प्रक्रिया अघि बढानइएको हो ।