
कैलाली- कैलालीको गौरीगंगा नगरपालिकामा किसानहरुलाई चैते धानको बिउ वितरण गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाले चैते धानको बीउ, सुक्ष्म खाद्यतत्व र जिंक सल्फेट निशुल्क उपलब्ध गराएको हो ।
नगर क्षेत्रभित्र चैते धान खेती प्रवर्द्धन गर्न इच्छुक कृषकहरुलाई बिउ वितरण गरिएको बताइएको छ । कृषि शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार चैते धान खेती प्रदर्शन कार्यक्रम अन्तर्गत ८।५ हेक्टरका लागि बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।


















