अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले यसअघि भवन गलत तरिकाले उद्घाटन गरिएको बताएका छन । बिहीबार नगरपालिका भवनको उद्घाटन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताएका हुन ।

‘हिजो गलत तरिकाबाट भवनको उद्घाटन गरिएको थियो । त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेका थिए’ उनले भने ‘त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएका थिए । हामीले खुला कार्यक्रम गरेर उद्घाटन गरेका छौ ।’

उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निर्णय भएको बताए । ‘हामीले राजनीतिक प्रतिशोध नराखिकन हिजोको मितिमा पूर्व मेयरसापले गर्नुभएका कामहरूलाई धन्यवाद दिदै एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधि सहितको कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निर्णय भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गर्ने भन्ने कुरा भएको थियो ।’


उनले एडिबीले ठूलो रकम खर्चेर भवन निर्माण गरेको अवस्थामा पूर्व मेयर नाम लेख्न आत्तिएको बताए ।
उनले हाल सबै दलहरु सँग समन्वय गरेर भवन उद्घाटन गरिएको बताए । उनले भने ‘हामीले सबैसँग सरसल्लाह गरेर भवन उद्घाटन गरेका हौ । हामीले यस क्षेत्रमा राजनीति गर्ने दलहरु संग पनि समन्वय गरेर अगाडि बढेका छौ ।’
उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्ने बताए ।
सम्बन्धित समाचार : गोदावरीको प्रशासकीय भवन उद्घाटन, एमाले विरोधमै