गोदावरीको प्रशासकीय भवन उद्घाटन, एमाले विरोधमै

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । नेकपा एमालेको विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन् ।

maya metro hospital

एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरिरहेको छ ।

एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.