गरिबको पीडामा मल्हम लगाउँदै समाजसेवी लक्ष्मी


अनिल पन्त, अत्तरिया – अहिले धेरै जसो मानिसहरूले समाजसेवा कुनै संगठन, संस्था वा पार्टीमा आबद्ध भएर आफ्ना निहित स्वार्थका लागि गरिरहेका हुन्छन । समाजसेवाको खास अर्थ निस्वार्थ ढङ्गले कुनै व्यक्ति, समूह, संस्था, समाज वा समुदायको चुनौती र समस्यालाई समाधान गर्दै त्यसको आवश्यकता पूरा गरि जीवनस्तर माथि उकास्न गरिने एक पवित्र कर्म हो ।

maya metro hospital

तर, अहिले व्यक्तिगत स्वार्थबाट अलग भएर राजनीतिक लाभ नलिइए समाजको भलाईको लागि दिनरात खटिने व्यक्ति निकै कम छन । ती मध्ये एक हुन, कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ निवासी लक्ष्मी बोगटी (कुवँर) । डोटीको विकट पूर्वीचौकी गाउँपालिका काडामाण्डौ २०४९ साल पौष  १२ गते जन्मिएकी कुवँर२०६८ सालदेखि गौरीगंगा नगरपालिका वडा नम्बर ६ का दिपेन्द्र कुवँर सँग बिहे गरेर वडाको बनवेहडामा बस्दै आएकी छिन ।  

citizen security services

सानैदेखि समाजसेवामा रुचि राख्ने कुवँर ६ वर्षदेखि समाजसेवामा तल्लीन छिन । दुर्गम ठाउँमा जन्मेकी लक्ष्मी पाँच बहिनी मध्ये साहिँली बहिनी हुन् । सानै देखि घरको कमजोर आर्थिक अवस्थाबाट गर्जिएकी उनी समाज सुधारको लागि उठाएका आवाजहरू, समाजको लागि गरेका सकारात्मक कार्यहरू, दिन दुःखीहरूलाई आपत विपत्‌मा गरेका अनगिन्ती आर्थिक सहयोग र समाज रूपान्तरणमा सँधै लागिरहेकी छिन । दुर्गम गाउँमा हुर्किए पनि पढाईलाई उनकी आमाले साथ सपोर्ट गरे सँगै निकै कडा मेहनत गरेर उच्च शिक्षा हासिल गरेकी उनले १८ वर्षको उमेरमा बिहे गरेकी थिइन ।

attariya hospital

सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमानको घरमा पनि धेरै दुख पाएकी थिइन । हरेक दिन पाएको दुखलाई सामना गरि हरेक दिन जसो तसो बित्ने गथ्र्यो । परोपकार र समाज सेवाको माध्यमबाट सामाजिक परिवर्तन गराउन सक्ने अद्भूत क्षमताकी धनी लक्ष्मीले समाजको लागि गरेका सकारात्मक कार्यहरू, दिन दुःखीहरूलाई आपत विपत्‌मा गरेका अनगिन्ती आर्थिक सहयोग र समाज रूपान्तरणमा काम गरिरहेकी छिन ।

उनले बेसहारा बालबालिकालाई पढाउने देखि लिएर बेसहारालाई विभिन्न दाताहरू जुटाएर सहयोग गर्दै आएकी छिन । उनले पूर्वीचौकी गाउँपालिकामा भूकम्पमा परेर धन जनको क्षति पुगेका क्षेत्रमा पनि सहयोग गरेकी थिइन । 

अछामको कमलबजार वर्षाले पीडित बनेका, अलपत्र परेकाहरूलाई देश विदेशबाट रकम संकलन गरेर सहयोग गर्दै आएकी छिन । उनले पछिल्लो समय बिनासकारी भूकम्पले जाजरकोटका पीडितलाई पनि सहयोग गरेको बताइन् । 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.