खाेज्नुहाेस

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु

Image

अत्तरिया– कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ । महोत्सवको एक भव्य कार्यक्रमकाबीच कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले उद्घाटन गरेका छन् ।

navjiwan hospital

आठौं संस्करणको महोत्सव उद्घाटनअघि यस क्षेत्रको कला संस्कृति झल्किने झाकी, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।

attariya hospital

माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल निर्माण गरिएका छन् । यस वर्षको महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च बनाइएको छ । जसमा १० वटा स्टल, थारू संग्रहालयका सामाग्री राखिएका छन् ।

महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा अपाङ्गता जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।