कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपन्छी गणना सुरु भएको छ । शनिबार देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसन लगायत संघसंस्थाले जलपन्छी गणना सुरु गरेका हुन ।

नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डंगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदी लगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताए ।

जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने जनाइएको छ । जलपन्छी गणना माघ ७ गतेसम्म गरिने जनाइएको छ ।
















