नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

दैलेख- नौ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाइएको छ । हिजो दैलेख जिल्ला अदालतले नारायण नगरपालिका-८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैदको फैसला सुनाएको हो ।

maya metro hospital

न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको अदालतका स्रेस्तेदार उपसचिव बद्री लामिछानेले बताए ।

गत चैत २३ गते ती वृद्धले बालिकालाई बलात्कार गरेको स्वास्थ्य परीक्षण रिपोर्टमा पुष्टि भएको थियो । रेग्मीलाई प्रहरीले घटनाकै दिन चैत २३ गते हिरासतमा लिई अनुसन्धान थालेको थियो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.