बैतडीको दुदिलाखान-गाँजरी सडक बन्द

बैतडी- बैतडीको दुदिलाखान–गाँजरी सडकखण्ड बन्द गरिएको छ । सिगास गाउँपालिका-१ मा गठन भएको गाँजरी–गर्जे सडक संघर्ष समितिले आज बिहानैदेखि सडक बन्द गरेको समितिका अध्यक्ष पवन चन्दले बताए ।

maya metro hospital

सिगास-१ र २ का स्थानीयलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न ९/१० घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुँदा पनि सडक निर्माण नगरिएको भन्दै संघर्ष समितिले आन्दोलन थालेको हो ।

गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले आफूहरुका मागमा कुनै सुनुवाइ नभएको भन्दै सडक बन्द गरिएको जनाएको छ ।

attariya hospital

समितिले सात दिनभित्र माग पूरा गर्न आग्रह गरेको थियो । अबको ५ दिनसम्म पनि माग सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समितिले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.