खाेज्नुहाेस

राजाको सालिक सँग डराएको गणतन्त्र

Image

सन्तोश पन्त (कञ्चनपुर) – राप्रपा कञ्चनपुरले बिहिबार महेन्द्रनगरमा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूको उपस्थितिमा बिशाल आम सभाको आयोजना गर्‍यो ।

आमसभामा जिल्लाबाट पार्टी कार्यकर्ता ,स्थानीय को उल्लेखनीय सहभागिता थियो । राप्रपा कंचनपुरले आमसभा गर्ने सङ्गै महेन्द्रनगर बजारमा स्व. राजा महेन्द्रको सालिक स्थापना गर्ने कार्यक्रम पनि थियो । सालिक राखिने भीमदत्त नगरपालिका – ४ स्थित संविधान चोक आसपासको क्षेत्रमा बिहिबार बिहानैदेखि प्रहरी खटाइएको थियो ।

attariya hospital

कार्यक्रममा केन्द्रिय नेता हरु बोल्दै गर्दा उपस्तिथित व्यक्तिहरुको भिडबाट ‘राजा महेन्द्र को सालिक राख्न देउ’ अवाज आइरहेको थियो । राप्रपा कंचनपुरले राख्ने तयारीमा पनि थियो ।तर कार्यक्रमकै बिच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सालिक राखिने ठाउमा कार्यक्रम गर्न नपाउने भनी ७ दिनको लागी निषेधित क्षेत्र नै घोषणा गरिदियो ।

navjiwan hospital

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यक्रममा बोल्दै सरकारले प्रहरी प्रशासनको प्रयोग गरेर राप्रपाको आन्दोलन र अभियान रोक्ने कदम सफल नहुने बताउदै महेन्द्रनगरमा राजा महेन्द्रको सालिक स्थापना गरेरै छोड्ने दाबी समेत गरेका थिए । तर राप्रपा शान्त थियो,उग्र बन्न चाहेन । प्रशासनसङ्ग बलल्बज्ती गरेन ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरेको कञ्चनपुर प्रशासनले जनाएको छ । बिहीबारदेखि ७ दिन सम्मका लागि ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

संविधान चोक र सो चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र तथा संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि मङ्सिर ८ गतेका दिन राप्रपा कञ्चनपुरले आयोजना गरिएको प्रदर्शनमा सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड गरिएको थियो । त्यस बेलादेखि गणतन्त्र र राजतन्त्र समर्थक बिचको मतभेद बढ्दै गएको हो । गत साता मात्रै कञ्चनपुरका ८ गणतन्त्र समर्थक राजनीतिक दलहरूले सालिक राख्न नहुने आशयको संयुक्त विज्ञप्ति जारी गरेका थिए ।