खाेज्नुहाेस

त्रिभुवन विमानस्थलमा यात्रुले बोकेको पावर बैंक पड्किँदा आगो लाग्यो

Image

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेकी एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । एक चिनियाँ यात्रुले ह्यान्डब्यागभित्र रहेको पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो ।

navjiwan hospital

उनी जान लागेको विमान एअर चाइनाको उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर पड्किँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

यात्रुको ह्यान्डब्यागमा लागेको आगो तत्काल निभाइएको र उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।