खाेज्नुहाेस

दोलखामा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

Image
file photo

दोलखा – दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुक लागेर एक युवकको मृत्यु भएको छ । झुलेका स्थानीय २० वर्षीय सन्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक लागेर मृत्यु भएको हो । गएराति डाँडाबारी जङ्गलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए ।

navjiwan hospital

सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा लगिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

आईतबार बिहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिए।

सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।