अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका-९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको छ । २० रुपैयाँ नतिरेको निहुँमा उनको हत्या भएको बताइएको छ ।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान–१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै भुसालको घर पुगेका नेपालीले उनलाई खुकुरीको पछाडिको भागले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।