खाेज्नुहाेस

ढिलो आउने कर्मचारीलाई फूलले स्वागत !

Image

दाङ- दाङमा कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले ढिलो आएका कर्मचारीलाई फूलले स्वागत गरेका हुन् ।

navjiwan hospital

सेवाग्राहीहरुले पालिकामा कार्यरत कर्मचारी समयमा नआउने गरेको गुनासो गरेपछि छड्के अनुगमन गरिएको थियो । १० जनाभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका बताइएको छ ।

attariya hospital

कर्मचारीहरुलाई जिम्मेवारी बोध गराउनुका साथै समयको ख्याल राखी सेवा प्रवाहमा मद्दत पुगोस् भनी यस्तो गरिएको मेयर चौधरीले बताए ।