धनगढी – एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४४ को सल्लाहकारमा ज्ञानेन्द्र बहादुर शाह चयन भएका छन् । एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४४ का संयोजक ओम प्रकाश पाण्डेयको अध्यक्षतामा बसेको पूर्ण बैठकले शाहलाई सल्लाहकार संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।

संयोजक शाह यसअघि एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४४ का अध्यक्ष थिए । उनको कार्यकालमा एम्नेस्टीकोे विस्तार, संस्थागत क्षमता विकास र मानवअधिकारमूखि अभियानमा महत्वपूर्ण कार्यहरु भएका थिए । शाह विगत लामो समय देखि शैक्षिक अधिकार, मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कृयाशिल रहदै आएका छन् । उनी धनगढी स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन भने सुदूरपश्चिमका दर्जन वढी संघ संस्थाहरुमा आवद्ध छन् ।

त्यस्तै बैठकले सल्लाहकार समितीको सदस्यमा क्रमशःराम बहादुर शाही, विना आचार्य, संजय कुमार पन्त र ध्रुव बहादुर सिँहलाई चयन गरेको छ ।



















