खाेज्नुहाेस

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो

Image

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।

navjiwan hospital

यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

attariya hospital

प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ।