खाेज्नुहाेस

१६ जना चिकित्सकसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

Image

जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित स्वास्थ्य टोली प्रभावित क्षेत्रमा गएको छ । नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

navjiwan hospital

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ। जाजरकोटमा ४४ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।