खाेज्नुहाेस

सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

Image

जाजरकोट – सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

navjiwan hospital

उनका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।

attariya hospital

रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

सम्बन्धित समाचार : भुकम्पबाट रुकुम पश्चिममा २८ र जाजरकोटमा २० जनाको मृत्यु