खाेज्नुहाेस

मुगुमा एकै परिवारका ४ जना मृत फेला

Image

मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो।

navjiwan hospital

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।

attariya hospital

उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ,’ उनले भने।

मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।