खाेज्नुहाेस

प्रहरी जवानले आफ्नै टाउकोमा गोली हाने

Image

इनरुवा — सुनसरीको कोसी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

navjiwan hospital

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

attariya hospital

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

मृतक मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।