
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन।
शीतल निवासमा रहेको राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका जमरा ग्रहण गरेका हुन। आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाएका थिए ।




















