खाेज्नुहाेस

आज दिनभर कस्तो रहला मौसम ?

Image

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ।

navjiwan hospital

दिउँसोː सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

attariya hospital

रातीः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।