मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभावका कारण आज सोमबार र भोलि पानी पर्ने सम्भावना छ ।

खासगरी पश्चिमी क्षेत्रमा आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने र दशैँका मुख्य दिनमा मौसम सफा हुने मौसमविद्को अनुमान छ ।



















