खाेज्नुहाेस

भोलि राष्ट्रिय शाेककाे घाेषाणा

Image

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार सार्वजनिक बिदा नभएको स्पष्ट पारेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले मंगलबार अर्थात् भोलि इजरायलमा मृत्यु भएका नेपालीको शोकमा राष्ट्रिय शोक भएको स्पष्ट पारेकी हुन्।

सञ्चारकर्मीको ‘बिदा त होइन नि?’ भन्ने प्रश्नको जवाफमा उनले स्पष्ट पार्दै भनिन्, ‘बिदा होइन, राष्ट्रिय शोक हो।’

attariya hospital
navjiwan hospital

सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्यो।

यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने, त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपाली र मृत्यु भएकाहरूको शवलाई यथाशीघ्र ल्याउने निर्णय पनि बैठकले गर्यो।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो। केही घाइते छन्। बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन्।

यसअघि समाचारमा राष्ट्रिय शोक हुनेपर्ने अन्यथा भएकोमा सच्याइएको छ : सम्पादक ।