अत्तरिया – डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय ठाकुरद्धारले बाढीपिडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । संस्थाले बाढीका कारण घरमा क्षती भएकी केन्द्र नं. २९ की सदस्य निर्मला बस्नेत बडुवाललाई आर्थिक सहयोग गरेको हो ।

संस्थाका शाखा प्रबन्धक खेमराज ओझाले बडुवाललाई नगद रकम हस्तान्तरण गरेका छन । उनले बाढीका कारण सदस्यका घरमा क्षती पुगेपछि केही राहत होस भन्ने हेतुले आर्थिक सहयोग गरिएको बताए ।

उनले संस्थाको सहयोगले सदस्यलाई बाढीको क्षतीबाट केही राहत पुग्ने अपेक्षा रहेको समेत बताए । यस्तै संस्थाले केन्द्र नं. २७ की सदस्य राधा सुनारको कक्षा ५ मा अध्यनरत छोरीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
पढाईमा जेहेन्दार र अब्बल रहेकोले आगामी दिनमा निरन्तर अध्यापनमा केही सहज होस भन्नका लागि सहयोग गरिएको प्रबन्धक ओझाले बताए । छात्राबृत्ति वितरण कार्यक्रममा सोहि क्षेत्रका स्थानिय समाजसेवि तथा बृद्धिजिबिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सुर्यदय आधारभुत बिद्यालय सुख्खाड बर्दियाका प्रध्यानाध्यापक महेश कुमार चौधरीले संस्थाको सहयोगले विद्यार्थीको पढाईमा सहयोग पुगेको बताए । उनले लघुबित्तले समाजमा विपन्न वर्गको उत्थानको लागि महत्वपुर्ण भुमिका खेलेकोमा खुसि व्यक्त गरे ।