आज अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

अत्तरिया – आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकारमा पुहँच पु¥यायाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ । सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै वर्षको २१ अगस्टका दिन रेगनले औपचारिक रूपमा राष्ट्रिय जेष्ठ नागरिक दिवससमेत मनाएका थिए ।

maya metro hospital

यसको दुई वर्षपछि मात्र अर्थात् सन् १९९१ मा संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको थियो । संयुक्त राष्ट्रको तथ्यांक अनुसार विश्वमा हाल करिब ७० करोड ज्येष्ठ नागरिक रहेका छन् । नेपालको संविधान, २०७२ को धारा (४१) मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।

joshi vada pasal 2

यसैगरी ज्येष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।

नेपालमा जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा न्यून भएपनि २०५२÷०५३ देखि ज्येष्ठ नागरिकका लागि सुरु गरिएकोे वृद्धभत्ता कार्यक्रम भने लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.