खाेज्नुहाेस

यसवर्ष मनसुन ढिला बाहिरिने

Image

मौसम पूर्वानुमान् महाशाखाले यसपालि मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको हो।

हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३/४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

attariya hospital
navjiwan hospital

त्यस्तै सो अवधिमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले यो समय बाली भित्र्याउने बेला पनि भएको हुँदा आवश्यक सतर्कता अपनाउन भनेको छ।