नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द दोहोरिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन प्रक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।

maya metro hospital

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएपछि चतुरबहादुर चन्दले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् । ‘‘अब टेष्ट क्रिकेटको आधारशाला तयार पार्नु छ । सरकारलाई दबाब दिइरहेका छौं,’ उनले भने, ‘क्रिकेट एक तह माथि जान्छ ।’

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.