कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले बताएका छन ।


सोमबार दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदुत श्रीवास्तले सो कुरा बताएका हुन् । उनले दोधाराचाँदनी नगरपालीकामा बन्ने सुक्खा बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरेका छन् । उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे ।

स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री एवं नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै काम शिघ्र हुने बताए । यस्तै नेपाल–भारत दुवै देशका व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको भनाई छ ।

दोधारा चाँदनी नगरका मेयर किशोर लिम्बुले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भिर हुनुपर्ने जानकारी दिए । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेका बेला बन्दरगाह निर्माण कार्य समेत शिघ्र गर्नुपर्नेमा उनको जोड थियो । सुक्खा बन्दरगाह निर्माण कार्य समयमै गर्नुपर्ने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भनाई छ ।