काठमाण्डौंमा एकै जनाले चार जनाको सामूहिक हत्या गरेको खुलासा

काठमाडौं – तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।

maya metro hospital

जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।

joshi vada pasal 2

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।

भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।

raunak fals and silling

बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । ‘विशाल राईलाई रिसइबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य तीन जनालाई घटना देखेका कारण सार्वजनिक गर्छन् भन्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आयो’, एक प्रहरी अधिकारीले भने ।

घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए ।

आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको राठौरले बताए ।

सम्बन्धित समाचारकाठमाडौँमा ४ जनाको हत्या

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.