खाेज्नुहाेस

स्रोत नखुलेको २६ लाख नगदसहित कर अधिकृत पक्राउ

Image

दाङ- स्रोत नखुलेको रु २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन्।

navjiwan hospital

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई साेमबार बिहान नियन्त्रणमा लिएको हाे।विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी आज बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।

attariya hospital

सापकोटासँगै रहेका आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको बाँके प्रहरीले जनाएको छ।उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ।

बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।