खाेज्नुहाेस

आजदेखि मौसममा क्रमिक सुधार हुने

Image

आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ।

navjiwan hospital

न्यूनचापीय रेखा भने सरदरस्थान भन्दा उत्तरतर्फ नै छ । ‘न्यूनचापीय रेखा उत्तरतर्फ रहेपनि जलवाष्पयुक्त वायु कम आउने भएकाले क्रमिक रूपमा सुधार हुँदै जान्छ,’ उनले भनिन्। भारी वर्षा कम हुने, लगातार पानी नपर्ने आदी सुधारहरू मौसममा देखिने नगरकोटीले बताइन्। उनका अनुसार मनसुन अवधिभर मौसम सुधार हुने र बदली हुने प्रक्रिया चलिरहन्छ।

attariya hospital

अहिले नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् नगरकोटीका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।