खाेज्नुहाेस

जबरजस्ती करणी आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

Image
सांकेतिक फोटो

विराटनगर – बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ ।

navjiwan hospital

मोरङको बेलबारी नगरपालिका१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

attariya hospital

युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।