खाेज्नुहाेस

कुलमानको प्रतिवेदन : ९८ प्रतिशत जनताको घरमा विद्युत विस्तार

Image

काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।

attariya hospital
navjiwan hospital

७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।

हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेको घिसिङले बताए । आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पु-याउने उनले लक्ष्य सुनाए ।