सांसद सुनील शर्मा पक्राउ

कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । शर्मालाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

maya metro hospital

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

attariya hospital

शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।

‘उहाँले म्यासेज गरेर घर (मण्डिखाटार) बाटै आफूलाई प्रहरीले पक्राउ गरेको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले  भने।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

उनी मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहेका व्यक्ति हुन्।

उनी विरुद्ध यसअघि २०७३ सालमा पनि पक्राउ पूर्जी जारी भएको थियो। सीआईबीको अनुसन्धानमा डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको देखिएको थियो।

सीआईबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि जापान उडेका थिए। त्यसको केही महीनापछि नेतृत्वमा पुग्न प्रहरी अधिकारीबीच हानथाप चल्दा उनी जोगिएका थिए।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.