दार्चुलाको मालिकार्जुन धाममा भदौ २१ गते ‘गौरा पर्व’ मनाइने

दार्चुला – सुदूरपश्चिमको चर्चित ‘गौरा पर्व’ राष्ट्रिय धाम मालिकार्जुन दार्चुलामा भाद्र २१ गते मनाइने भएको छ । राष्ट्रिय पचांग निर्णायक समितिले भाद्र ०७ गते मनाउने भनेपनि स्थानीय ज्योतिष हरुको खण्डखार्दिक पद्धति अनुसार उक्त ७ गते उपयुक्त नभएपछि २१ गते मनाउनुपर्ने निर्णय भएको हो ।

maya metro hospital

हरेक वर्ष भाद्र महिनामा लाग्ने गौरापर्व यो वर्ष अधिक वर्षका कारण विवादित बनेको ज्योतिषहरुको भनाइ छ । गौरापर्व पूर्व पुत्रदा एकादशी र रक्षाबन्धन हुनुपर्ने भएकाले स्थानीय परम्पराअनुसार २१ गरे नै उपयुक्त रहेको स्थानीय ज्योतिष दुर्गादत्त जोशीको भनाइ छ ।

यस्तै मालिकार्जुन धाम विकास समिति ले आयोजना गरेको श्रावण २२ गतेको बैठकमा स्थानीय ज्योतिष हरु लगायत जिल्ला ज्योतिष परिषद् अध्यक्ष ईन्द्र देव जोशी र राष्ट्रिय पंचांग निर्णायक समितिका प्रतिनिधि डिल्लीराज जोशी को उपस्थिति रहेको थियो भने पंचांग को निर्णय मान्नुपर्छ भन्ने मा डिल्लीराज जोशी को मत रहेको थियो ।

attariya hospital

यस्तै राष्ट्रिय धाम मालिकार्जुन विकास समितिका सचिव जनक सिंह धामी ले हवि चडाए पछि मात्रै मालिकार्जुन धाम मा गौरा लाने इतिहास भएकाले यो पालिको पर्व पनि २१ गते बनाउने निर्णय भएको हो ।

राष्ट्रिय पर्वका रूपमा मनाइने सुदूरपश्चिम को महान पर्व गौरा मालिकार्जुन धाम मा गौरा मनाउने तिथि मिति अनुसार नै अन्य ठाउँमा लाग्ने परम्परा रहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.