बैतडीमा नगरको टोलिद्धारा कक्षा कोठामै सिकाइ परीक्षण

बैतडी – एसइई परीक्षाको नतिजा कमजोर आएपछि बैतडीका केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि नगरको टोलीले कक्षा कोठामै सिकाइ परीक्षण थालेका छन् । एसइई परीक्षा २०७९ मा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ ।

maya metro hospital

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीको नतिजा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कमजोर देखिएपछि सिकाइ उपलब्धि बढाउन विद्यालय लागि परेका छन् । बैतडीको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले संयुक्त रूपमा कक्षा कोठामा सिकाइ उपलब्धि परीक्षण सुरु गरेको छ ।

सिकाइ परीक्षणमा नगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिसंग, प्रधानाध्यापक सहितका शिक्षकले कक्षा कोठामै विद्यार्थीको सिकाइ परीक्षण गर्न थालेका हुन् । सिद्धेश्वर माध्यमिक विद्यालयमा साउन १५ गतेका दिन शिक्षा शाखा प्रतिनिधिको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परीक्षण गरिएको छ ।

attariya hospital

पाठ्यक्रममा आधारित मूल्याङ्कनका साधन प्रयोग गर्दै विद्यार्थीहरूको सिकाई उपलब्धिको मूल्याङ्कन गरिएपछि सिकाइमा कमजोर भएका विद्यार्थीको सिकाइ सुधार गर्न विषयगत शिक्षकबाट कक्षा कोठामै प्रतिबद्धता लिइएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि विर्खराज भट्टले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.