कृष्णपुरका कुवेर दमाइको हत्या भएको पुष्टि, २ जना पक्राउ

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणी नदी बगरमा मृत फेला परेका कुवेर दमाईको हत्या भएको खुलेको छ । नदी किनारमा माटोमा पुरिएको अवस्थामा फेला परेका कुवेरको उनकै नातेदारले हत्या गरेको खुलेको छ ।

maya metro hospital

प्रहरीका अनुसार मृतक कुवेका सहोदर भतिज नाता पर्ने २२ बर्षीय अजय दमाई र सहोदर भान्जा नाता पर्ने २८ बर्षीय हरिश दमाइले वादविवाद हुँदा उनको हत्या गरेका हुन ।

घटनाको दिन मृतक कुवेर संगै उनका नातेदार अजय र हरिश घरायसी कुरा र मादक पदार्थ सेवन गर्न नदी किनारामा गएका थिए । नदी किनारमा मादक पदार्थ सेवन गर्दै गर्दा वादविवाद भएपछि घटना भएको कञ्चनपुर प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।

attariya hospital

सोही क्रममा मृतक कुवेरलाई अजय र हरिशले हात, लात र सोही बगरमा रहेका ढुंगाले समेत टाउको, अनुहार हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

कुवेरको मृत्यु पछि अजय र हरिशले घटना लुकाउन सोही स्थानमा खाडल खनेर पुरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थल नजिकैबाट मृतकले प्रयोग गर्ने कालो रङ्गको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो रंगको चेक सर्ट फेला परेको थियो ।

मृतक कुवेर साउन १५ गतेदेखि बेपत्ता रहेका थिए । प्रहरीका अनुसार मृतक कुवेर यसअघि पनि घरबाट हराइरहने भएकाले त्यती वास्ता गरिएको थिएन । मृतक कुवेरको साउन १८ गते शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेका पाइएपछि अजय र हरिशलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.