अत्तरियाबाट मोबाईल चोरी भएको ७ घण्टा मै चोर पक्राउ

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एउटा मोबाईल ग्यालरीबाट मोबाईल चोरी गर्ने एक जनालाई प्रहरीले ७ घण्टा भित्रै पक्राउ गरेको छ । अत्तरिया स्थित हंशराज तिवारीले सञ्चालन गरेको ओम मोबाईल ग्यालरीबाट करिब १ लाख ५० हजारको मोबाईल चोरी गर्ने चोरलाई ईलाका प्रहरी कार्यालय मालखेतीले ६ घण्टा भित्रै पक्राउ गरेको हो ।

maya metro hospital

सञ्चालक तिवारीले दिएपछि मोबाईल ग्यालरीमा रहेको सिसिटीभि फुटेजमा देखिएको हुलियाको आधारमा खोजतलासी गर्दा गोदावरी नगरपालिका – ४ बाट कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरियाका २१ वर्षिय भुवन भट्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेश बरालले जानकारी दिए ।

उनका अनुसार खोजतलासीकै क्रममा भट्टलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त मोबाईल सहित एन्ड्रोईड मोबाईल ४ थान, किपेड मोबाईल १ थान, २३० मिलिग्राम लागुऔषध, १० हजार नगद र बैंक अफ काठमाण्डौका ३ वटा चेक फेला परेका छन ।

attariya hospital

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्त्रधान भैरहेको डिएसपी बरालले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.