डेंगुबाट बचौ

वर्षा सुरु भएसँगै तराईका जिल्लाहरुमा डेंगु संक्रमणको जोखिम पनि बढेको छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदिमा यस्तो प्रकारको लामखुट्टेको बसोबास हुने गर्दछ । वर्षाको समयमा ठाउँ ठाउँमा पानि जम्ने भएकाले यस्ता लामखुट्टेहरु बढ्ने गर्दछन । जसले गर्दा वर्षायाममा डेंगु संक्रमणको जोखिम बढी हुन्छ ।

maya metro hospital

डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो ।

त्यसैले डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

attariya hospital

स्थानिय तहहरुले पनि यस्तो कार्यमा नागरिकलाई सचेतना गराउने कार्य गर्नुपर्दछ । सरुवा रोग नभएपनि लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यस्तो रोगको न्यूनिकरणका लागि लामखुट्टे उत्पादन हुने किसिमको वातावरण सृजना नगर्नु नै सबैभन्दा उत्तम विकल्प हुन्छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.