धनगढी – कैलालीमा आमहड्ताल गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको हो ।


मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै पाँचजना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ । बन्दको नेतृत्व स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गरेको छ ।
बन्दले गर्दा लामो दूरीका यातायात सेवा सञ्चालन हुन सकेका छैनन् । बजार, शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेका छन् ।
