बाजुराको जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको निधन

बाजुरा – बाजुराको जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको निधन भएको छ । २०७४ सालको स्थानीय निर्वाचिनमा विजयी गिरीको शनिबार निधन भएको हो । उनी नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

maya metro hospital

नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्या भईराख्ने गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि लैजाने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको हो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.