धनगढीबाट दार्चुला गइरहेको कार बैतडीमा दुर्घटना, घाइते २ डडेल्धुरा रिफर 

अत्तरिया- बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा चालक दशरथचन्द नगरपालिका-१ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.