
बझाङ – बझाङको बुङ्गल नगरपालिका–४ को बिजगडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अब नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने भएको छ । शैक्षिक शत्र २०८० बाट नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गराउने निर्णय गरेको नगरपालिकाका मेयर जयबहादुर धामीले बताए ।
सो विद्यालयमा अहिलेसम्म नेपाली माध्यमबाट मात्र पढाई हुँदै आएको थियो । आफ्नो ५ वर्षे कार्यकालमा नगरभित्रका धेरै विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पनि पढाउने व्यवस्था गर्ने मेयर धामीले बताए ।


















