खाेज्नुहाेस

सुत्केरी मृत्यु प्रकरण : क्षतिपुर्तिको माग गर्दै नगरपालिका घेराउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको तेस्रो दिन स्थानियहरुले नगरपालिका कार्यालय घेराउ गरेका छन । उचित क्षतिपुर्ति पाउनुपर्ने माग गर्दै स्थानियहरुले नगरपालिका कार्यालय घेराउ गरेका छन । स्थानियहरुले नगरपालिकाभित्र बसेर धर्ना दिईरहेका छन ।

navjiwan hospital

जनतालाई दुख पर्दा स्थानिय सरकारले दिनुपर्ने अभिभावकको भुमिका नपाईदा नगरपालिकामा धर्ना दिन आएको स्थानिय यज्ञराज भाटले बताए । उनले नगरपालिकामै आएर आफुहरुले न्याय पाउँछौकी भन्ने आश रहेको समेत बताए । ‘स्थानिय सरकारको जनतामाथीको उत्तरदायीत्व पाउनका लागी पालिकालाई घचघच्याउन यहाँ आएका हौ’ उनले भने । उनले मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको समेत बताए । ‘मृतकका श्रीमान नेपाल प्रहरी हुन, उनलाई अपहरण शैलीमा लगेर भित्र राखिएको छ’ उनले भने ‘उसलाई सहमतीमा सहीछाप गर, तेरो लास बुझ भन्ने किसीमले दवाव दिईदैछ ।’ उनले मृतकका श्रीमानलाई दायाँबायाँ बोले जागिर जाने सम्मको धम्की दिईएको बताए ।

attariya hospital

उनले मृतकको बच्चाको उज्ज्वल भविष्यको ग्यारेन्टी नभएसम्म शव नउठाईने बताए । उनले मालाखेतीमा अस्पतालको लापरबाहीका कारण कसैले पनि आगामी दिनमा ज्यान गुमाउने छैनन भन्ने प्रतिबद्धता समेत स्थानिय सरकारले दिनुपर्ने बताए । उनका अनुसार छानविन समितिले बुधबार सम्ममा निर्णय पेश गर्ने भनेको भएपनि अन्तिममा आएर एक हप्ता लाग्छ भन्न थालेको बताए । ‘समिति गठन गरेर छलफल गर्दा बुधबार सम्म निर्णय पेश गर्ने भन्ने सहमती भयो, तर आज एक हप्ता लाग्छ भन्दैछन’ उनले भने ‘यो केश लम्ब्याउने कुरा मात्रै भैरहेको छ, त्यसैले जबसम्म हाम्रो माग पुरा हुदैन तब सम्म हामी नगरपालिकामै धर्ना दिन्छौ ।’