खाेज्नुहाेस

धनगढीको माया मेट्रो हस्पिटलले ‘स्मार्ट माया माट्रो एप’ सञ्चालनमा ल्याउदै

Image

धनगढी – धनगढीको माया मेट्रो हस्पिटलले ‘स्मार्ट माया मेट्रो एप’ सञ्चनलनमा ल्याउने भएको छ । विरामीहरुको सहजताका लागी अस्पतालले उक्त एप सञ्चालनमा ल्याउन लागेको हो । बैशाख १ गतेबाट उक्त एप सञ्चालनमा ल्याउने अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले बताए ।

navjiwan hospital

एप सञ्चालनमा आएपछि बिरामीले घरबाटै टिकट काट्न सक्ने, प्रयोगशाला परीक्षणको नतिजा घरबाटै थाहा पाउने, डाक्टरलाई भेट्ने समय घरबाट निश्चित गरेर अस्पतालमा पुग्नासाथ ओपिडिमा गएर उपचारको प्रक्रिया थाल्न पाउने सुबिधा प्राप्त गर्ने उनले बताए ।

attariya hospital

एपको सहायताले बिरामीले घरमै बसेर डाक्टरको परामर्श सेवा प्राप्त गर्नेछन् भने रकम भुक्तानीसँगै अस्पतालको सेवा सुबिधाको बारेमा पनि जानकारी पाउने भएका छन ।