खाेज्नुहाेस

सुत्केरी मृत्यु प्रकरण : २४ घण्टा वित्दा पनि उठेनन् शव, स्थानिय आन्दोलित

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा वितिसक्दा पनि शव उठेको छैन । सोमबार दिउँसो ११ बजेतिर मृत्यु भएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजाता शिशुको शव अहिलेसम्म पनि उठ्न नसकेको हो ।

अस्पताल प्रशासन सँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पुरा नगरेकाले पिडित पक्षले शव उठाउन दिएको छैन । मृतकका श्रीमान शिवराज भट्टराईले सोमबार रातीको छलफलमा मंगलबार बिहान ८ बजेतिर छानविन समिति गठन गर्ने भनिएपनि हालसम्म पनि कुनै पहलकदमी नभएकाले शव उठाउन नदिएको बताए । उनले अस्पतालमा शिशु र आमाको शव राखिएको भएपनि अस्पताल प्रशासन भने अस्पतालमै नआएको बताए । ‘अस्पतालमा शव राखेका छौ, यहाँ कोही पनि आउनुभएको छैन’ उनले भने ‘यत्रो घटना भएपनि अस्पताल प्रशासनको मान्छे अस्पतालमा उपस्थित भएको छैन ।’

attariya hospital
navjiwan hospital

उनले अस्पतालकै लापरबाहीका कारण आफ्नो श्रीमतीको मृत्यु भएको बताए । ‘लापरबाही गर्नेलाई छानविन गर्ने भनिएको अहिलेसम्म कुनै सुनुवाई भएको छैन’ उनले भने ‘यस्को प्रकृति हेर्दा अस्पतालकै लापरबाही देखिएको छ ।’ उनले आफुहरुले सोमबार देखी विभिन्न मागहरु राखेपनि अस्पताल प्रशासनले भने सुनुवाई नै नगरको बताए । ‘सोमबार राती छलफलमा भएका कुराहरु नै सुनुवाई भएका छैनन’ उनले भने ‘अस्पतालमा प्रशासनको कोही मान्छै नै आएका छैनन, न त अध्यक्ष आउनुभएको छ, न त अरु कोही, हाम्रा मागहरु सुन्न समेत कोही आएका छैनन ।’

अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानियहरु आन्दोलित भएका छन । उनिहरुले राजमार्ग अवरुद्ध गर्दै पिडितलाई क्षतिपुर्तिको माग गरेका छन ।