अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको मालाखेती अस्पतालमा बच्चा सहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा छानविन समिति गठन गर्ने सहमती भएको छ । सोमबार राती ईलाका प्रहरी कार्यालय मालखेतीमा बसेको अस्पताल प्रशासन, नगरप्रमुख तथा पिडित पक्षबिचको छलफलमा प्रमुख जिल्ला अधिकारीको रहोबरमा छानविन समिति गठन गर्ने र पिडित पक्षलाई क्षतिपुर्ति दिने सहमंती भएको हो ।

छलफलमा छानविन समिति गठन गरेर निष्पक्ष छानविन गरिनुपर्ने सहमती भएको स्थानिय आशिष भट्टराईले बताए । उनले छानविन समितिको निष्कर्ष पश्चात दोषि देखिएका व्यत्तिःहरुलाई कडा कारबाही गरिने र दोषी मार्फत नै क्षतिपुर्ति प्रदान गरिने सहमती भएको उनले बताए । उनका अनुसार तत्काल पिडित पक्षलाई क्रियाखर्च वाफत नगद रु. ५० हजार प्रदान गरिने भएको छ ।

आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई को बच्चासहित मृत्यु भएको थियो । अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानियहरुले विरोध गरेका थिए । सोमबार अस्पताल परिषरमा पिडित पक्षले नाराबाजी गर्दै क्षतिपुर्तिको माग गरेका थिए ।
स्थानियहरुले सोमबार बिहानदेखी अस्पतालको सेवा समेत ठप्प पारेका थिए । तर छलफलमा सहमती भएपश्चात मंगलबार देखी अस्पतालको सेवा सुचारु गर्ने निर्णय भएको बताईएको छ ।

















