धनगढी – सुदूरपश्चिममा शनिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सात सय १६ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने छ सय ९४ जनामा नेगेटिभ देखिएको छ ।

संक्रमित मध्ये २० जना कैलालीका र एक/एक जना दार्चुला र कञ्चनपुरका रहेको स्वास्थ्य निर्देशनालय डोटीका जनाएको छ ।


















