
धनगढी – काठमाण्डौमा मोटरसाईकल दुर्घटना हुँदा बझाङका एक युवकको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ लामागडाका दीपक रावतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
शुक्रवार राति सुपप्र ०१–०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदाँ २३ वर्षीय रावतको मृत्यु भएको आफन्तले बताएका छन् । उनको घटना स्थलमा नै मृत्यु भएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


















